व्यास–१२ मा एमालेको मिसन ग्रासरुट अभियान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १६

नेकपा एमालेको मिसन ग्रासरुट अभियान (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत व्यास नगरपालिका वडा नम्बर १२ मा वडा कमिटीको वैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार छिर्कन भञ्ज्याङमा सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष लालवहादुर क्षेत्रीको अध्यक्षतामा सचिव हर्क वहादुर कार्कीले सन्चालन र ईन्द्रवहादुर रानाले स्वागत गरेको सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला कमिटी सदस्य एवम् वडाका इन्चाज इश्वरवहादुर विष्ट, जिल्ला सल्लाहकार परिषद तनहुँका उपाध्यक्ष मित्रप्रसाद न्यौपाने, जिल्ला सल्लाहकार परिषद सदस्य मोहन सुनार र मधुमाया देवी, व्यास नगरकमिटीका का.वा अध्यक्ष तुल्सीराम पाण्डे, वुद्धिजिवी गुणवहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

वैठकले अभियानलाई टोल–टोल सम्म पु¥याउन र गति दिन साथै आगामी वैशाख १० गते हुने उप–निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण