देवघाट अनलाईन
दमौली,चैत १६
तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजबादीले सो पार्टीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । सो पार्टीको विहिबार बसेको जिल्ला कमिटिको बैठकले उपनिर्वाचनकोलागि श्रेष्ठलाई उम्मेदबार बनाउने सर्वसम्मतीले निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।




कार्कीले निर्वाचनमा श्रेष्ठलाई बिजयी गराउन सम्पुर्ण मतदातामा अनुरोध समेत गरेका छन् ।
जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न सो बैठकमा केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्या ढकालको पनि उपस्थिती रहेको थियो ।












