राष्ट्रपती पाएको तनहुँ मन्त्रिपरिषदमा निल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १७

प्राय सरकारमा भाग पाउने गरेको तनहुुँले यसपटक मन्त्रिपरिषदमा भाग पाएन । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विस्तार गरेको मन्त्रीपरिषदमा तनहुँका सांसदहरुले अवसर पाएनन् । तनहुँबाट निर्वाचित भएका तथा तनहुँलाई राजनीतिक थलो बनाई गत चुनावमा अन्यत्र जिल्लाबाट निर्वाचित भएका कसैले पनि वर्तमान मन्त्रिपरिषदमा भाग पाएनन् ।

यसपटक तनहुँबाट निर्वाचित शंकर भण्डारी तथा तनहुँलाई राजनीतिक थलो बनाएपनि बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा एकिकृत समाजबादीका सांसद कृष्णकुमार श्रेष्ठ तथा काठमाण्डौं ४ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले यसपटक पनि मन्त्रि बन्ने अवसर पाएनन् ।

छुट्टा–छुट्टै जिल्लाबाट निर्वाचित भएका उनीहरु तिनै जना मन्त्रि बन्ने व्यापक सम्भावना भएको चर्चा भएको थियो । यद्यपी तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएका छन् । तिनै जना सांसद सम्बन्धित पार्टीमा प्रभावशाली भुमिका भएको कारण पनि उनीहरु मन्त्रि बन्ने सम्भावना भएको बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक