ऋषिङ गाउपालिकामा खोप सुनिश्चिताकोलागि घरधुरी सर्वेक्षण (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
दमौली, चैत १७

ऋषिङ गाउँपालिकामा बालबालिकाको खोप सुनिश्चिताकोलागि घरधुरी सर्वेक्षण गरिएको छ । गाउँपालिका अन्तरगतका सवै स्वास्थ्य संस्थाहरूले वडा स्तरको पुर्ण खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न गरी पुर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण सुरू गरेका छन् ।

पुर्ण खोप सुनिश्चित कार्यक्रम अन्तर्गत भएको उक्त सर्वेक्षणको क्रममा पाँच वर्ष मुनिका बालबालिकाको संख्या, पुर्ण खोप पाएका र नपाएका बालबालिकाको संख्या, पाँच वर्षसम्मका सबै बालबालिकको पाखुराको नाप तथा बाालवालिकाहरूको पोषण लेखाजोखा गरिएको छ । साथै सो क्रममा कोभिड खोपको विवरण र हात्तिपाईले रोगका विरामीहरू खोज्ने काम समेत घरधुरी सर्वेक्षणमा गरिएको वडा नम्बर १ स्थित ग्वास्लुङ्ग स्वास्थ्य चौकीका अहेव तिलक रानाभाटले बताए ।

वडा नम्बर १ को ग्वास्लुङ्ग सामुदायिक इकाई स्वास्थ्य ईकाइका अहेव रानाभाट र कोइदिम आधारभुत स्वास्थ्य सेवा केन्द्रकी अहेव अन्जु रानाले शुक्रबार सो वडाको रिप तल्लो सेटाङ, गैराखुदी, माझकोट, भोर्लादि, घयासिवास, बाजो र चापस्वारमा घरधुरि सर्बेक्षण गरेका थिए ।

 

 

तश्विरहरुः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक