आवुँखैरेनीका दुई जिल्ला स्तरीय नेताले छाडे कांग्रेस

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १७

नेपाली काँग्रेसका तनहुुँका जिल्ला कार्यसमिति सदस्य केशवनाथ खनाल र आवुँखैरेनी गाउँ कार्यसमितिका सभापती विष्णुबहादुर पन्तले नेपाली काँग्रेस परित्याग गरेका छन् । शुक्रबार आवुँखैरेनीमा पत्रकार सम्मेलन गरि उनीहरुले काँग्रेस त्यागेको घोषणा गरेका हुन् । उपचुनाव नजिकिँदै गर्दा जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेपछि काँग्रेस तनहुुँलाई ठुलो धक्का लागेको छ । पार्टी परित्याग गर्ने दुबै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् ।

पन्त उपचुनावमा टिकटका आकांक्षी थिए । तर पार्टीले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए ।
यसअघि नै भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए । पार्टी परित्याग गरेकाहरु चाँडै नै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने बुझिएको छ ।

नेपाली कांग्रेस परित्याग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद डा.स्वर्णिम वाग्ले पनि तनहुँ १ मा उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको