तनहुँ १ मा एमालेबाट सर्वेन्द्र खनाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली,चैत १८

नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि सर्वेन्द्र खनाललाई उम्मेदबार बनाउने भएको छ । नेकपा एमालेको शनिबार बसेको केन्द्रिय सचिवालयको बैठकले खनाललाई उम्मेदबार बनाउने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्विसुब्बा गुरुंगले जानकारी दिए ।

एमालेबाट उम्मेदबार बन्न लागेका खनाल नेपाल प्रहरीका पुर्व महानिरिक्षक हुन् । उनी नेपाल प्रहरीको २६ औँ महानिरीक्षक हुन् । उनलाई २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । खनालले चैत २९ गतेबाट कार्यभार सम्हालेका थिए । खनाल २०७९ असोज ६ गते नेकपा (एमाले) मा प्रवेश गरेका थिए । गत निर्वाचनमा खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट नेकपा एमालेको उम्मेदबार बनेका थिए । सो निर्वाचनमा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

खनालको जन्मस्थान भानु नपा–६ सिम्पानी हो । तनहुँ क्षेत्र नम्बर १ मा गत प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय