व्यासको वडा नम्बर ६,७ र ८ मा एमालेको मिसन ग्रासरुट अभियान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १८

पार्टी सुदृढीकरण तथा विस्तारकोलागि नेकपा एमालेले सन्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत व्यास नगरपालिकाको वडा नम्बर ६,७,र ८ का छुट्टाछुट्टै स्थानमा शनिबार वडा कमिटीहरुको वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर ६ का वडा कमिटीका अध्यक्ष तोपवहादुर परियारको अध्यक्षतामा सेखाटारमा, वडा नम्बर ७ का अध्यक्ष हरिभक्त पण्डितको अध्यक्षतामा वोटेटारमा र वडा नम्बर ८ का वडा कमिटिका अध्यक्ष ईश्वरवहादुर गुरुङको सोतिवेशीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, गन्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, जिल्ला कमिटिका सदस्यहरु रामजी लौडारी, सिताराम सुर्खाली, ऋषिराम भुषाल, मोहन सुनार, कृष्णप्रसाद न्यौपाने, अर्जुनप्रसाद नागिला, राजु गुरुङ, जिल्ला सल्लाहकार परिषदका अध्यक्ष ध्रुवसिँह ठकुरी, व्यास नगरपालिका कमिटीका का.वा अध्यक्ष तुल्सिराम पाण्डे लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

बैैठकले मिसन ग्रासरुट अभियानलाई टोल–टोल सम्म पु¥याउन र गति दिन साथै आगामी वैषाख १० गते हुने उप–निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्पूर्ण योजनाहरु तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय