नागरिकको चासोः दासढुङ्गाको पक्की पुलको जिर्ण अवस्था

Devghat Online

शेयर गरौ

सफल शर्मा, देवघाट

हत्तेरीका यो के हरिविजोक देखाएको होला ? पुलमा ब्यस्तका साथ यातायातका साधन छन् । एकचोटि त्यो पुलमाथी खडा भएर हेर्नु त तपाईंहरुको सातो गएन भने मलाई भन्नु, भुकम्पले त के हल्लाउँला र त्येति यो पुल पिङ खेलिरहेको छ । यो २–३ बर्ष अगाडीबाट पुल सन्चालन सुचारु गरिएको थीयो ।

मैले कुनै पनि पक्षबाट कुरो बुझिन यती छिटो यो पुलको अवस्था कसरी आयो यो तपाईं हामीकै कमजोरी हो की, यो पुल एमालेको सरकारमा बनेको माओवादीको सरकारमा बनेको काङ्ग्रेसको सरकारमा बनेको हो त्येसैले हामीसबैको एउटै मनमा कुरा आयो हामीलाई के को मतलब हाम्रो सरकारमा बनेको होइन त्येसैले खल्लि बल्लि तर्फ भन्न पुगियो ?

यो हाम्रो साझा सम्पत्ति हो यस्लाइ जसरी हुन्छ जिवित राख्नुपर्छ । अब यता दलहरु तर्फ नजाउहोला अब अहिलेको स्थिति तर्फ जाउ होइन यो पुलबाट मलाई लाग्छ सम्पुर्ण देवघाट बासीले फाइदा लिएकै जस्तो लाग्छ । स्थानीय सरकार एकचोटि समयमै आँखा खोलेर यो पुल तर्फ जाओस् ।

र व्यवसायीज्युहरु पनि बिन्ती छ हजुरहरुले भनिदिन प¥यो हजुरको चालकहरुलाइ कि एकपटक मा एउटा मात्र पार गर्न । यदी समयमै यो पुलको हेरचाह भएन भने केहि समय भित्रमा यो पुल नारायणीमा विलीन हुनेछ पुल मात्रै होइन त्येस माथी सवार सबैको दुःखद विलीन हुनेछ ।

कृपया यो अवस्थालाई आम नागरिकको तर्फबाट पेश गरेको मात्र सम्झनु होला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु