तनहुँको विकासलाई निरन्तरता दिन उम्मेदबारीः भट्टराई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २०

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबारी दिएका गोविन्द भट्टराइले तनहुुँमा यस अघि भएको विकासको कामलाई निरन्तरता दिन आफुले उम्मेदबारी दिएको बताएका छन् । उम्मेदबारी दर्ता पछि प्रतिक्रिया दिँदै भट्टराईले विगतमा यस क्षेत्रमा नेपाली काँग्रेसले नै जित्दै आएको र तनहुुँमा जे जति विकासको कामहरु भएको छ, त्यो सबै काँग्रेसकै नेतृत्वमा भएको हुँदा अव पनि आफुले त्यसलाई निरन्तरता दिने बताए ।

अहिले काँग्रेसबाट नै निर्वाचित भएका सांसद राष्ट्रपती भएकोकारण चुनाव हुन लागेको भन्दै भट्टराई अव पनि उक्त क्षेत्रमा काँग्रेसले नै संसदमा निरन्तरता दिने बताए । आफुले विगतमा तनहुँमा खानेपानीको क्षेत्रमा धेरै योजनाहरु ल्याएको दावी गर्दै भट्टराईले अव खानेपानी मात्र नभई सबै क्षेत्रको विकासको जिम्मा लिने बताए । भट्टराईको प्रस्तावकमा क्षेत्रीय सभापती श्याकुमार मौराती र समर्थकमा निवर्तमान प्रदेश सभाकी सांसद सरिता गुरुङ रहेका छन् ।

भट्टराईको उम्मेदवारी दर्ता अघि पार्टी कार्यालय परिसरमा नेपाली काँग्रेसले कोण सभा गरेको थियो । सो सभामा उम्मेदबार भट्टराई सहित काँग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, पुर्व केन्द्रीय सदस्य ध्रुव वाग्ले लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय