परितर्वतनकोलागि चुनावी मैदानमा आएको छुः वाग्ले

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली,चैत २०

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदबारी दिएका स्वर्णिम वाग्लेले परिवर्तनको लागि आफु चुनावी मैदानमा आएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र जनताको जिवनस्तरमा कुनै परिवर्तन नआएको हुँदा आफु राजनीतिमा आएको उनले बताए । अहिले संयोगले तनहुँ क्षेत्र नम्बर १ खाली भएको हुँदा यसै अवसरलाई सदुपयोग गर्दै राजनीतिक यात्राको थालनी गरेको उनले बताए ।

 

यो विचमा नेपाली काँग्रेस केही सच्चिएला भन्ने सोचेको तर ४÷५ महिनापछि पनि त्यो नदेखेपछि आफु नेपाली काँग्रेसबाट बाहिरिने निश्कर्षमा पुगेको उनले बताए । ‘आफ्नो उर्वर उमेरमै केही हस्तक्षेत्र गरौं भन्ने लागेर संसदको यात्रामा लागेको उनले बताए । म चाहिँ समयसीमा तोकेर २ कार्यकाल भन्दा राजनीति गर्न हुन्न भन्नेमा विश्वास भएको मान्छे हुँ,’ उनले भने । राजनीतिलाई पेशा बनाउने र भ्रष्टीकरण गर्ने राजनीतिक व्यवस्थाको एउटा उत्तर पनि आफ्नो पार्टी त्याग र उम्मेदवारी भएको उनको भनाइ थियो ।

वाग्लेको प्रस्तावमा गत वर्ष नेपाली काँग्रेस परित्याग गरेका काँग्रेस तनहुुँका पुर्व सचिव विश्व वास्तोला र समर्थकमा रुपक घिमिरे रहेका छन् । उम्मेदबारी दर्ता गराउनु अघि रास्वपाले व्यास नपा–२ पदमचोकमा सचिवालय स्थापना गरि सभापती रवि लामिछानेबाट उद्घाटन गराएको थियो । त्यसक्रममा आयोजित कोणसभामा सभापती लामिछाने, उम्मेदबारका प्रस्तावक बास्तोला, सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केही दिन अघि नेपाली काँग्रेस परित्याग गरेका आवुँखैरेनी गाउँ कार्यसमितिका सभापती विष्णु पन्त लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यसैगरि विवेकशिल साझा पार्टीले यो उपनिर्वाचनमा उम्मेदबार नउठाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेलाई सहयोग गर्ने भएको छ । विवेकशिल साझा पार्टी तनहुँका संयोजक नगेन्द्र शर्मा ढुङ्गानाले प्रेस विज्ञप्ति प्रकाशित गरि पार्टीको समर्थन रास्वपाका उम्मेदबार वाग्लेलाई हुने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय