कारवाही फुकुवाको निर्णय बकम्फुसे कुराः जोशी

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
दमौली, चैत २०

नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो कारवाही फुकुवा गर्ने पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको निर्णयलाई बकम्फुसे कुरा भएको टिप्पणी गरेका छन् । आईतबार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जोशी सहित चितवनका पुर्व सभापती विकास कोईरालाको कारवाही फुकुवा गर्ने निर्णय गरेको सार्वजानिक भएको थियो ।

आफुलाई गरिएको कारवाही फुकुवा भएको भनी सन्चारमाध्यममा प्रकाशित समाचार प्रति जोशीले असहमती जनाउँदै उक्त निर्णय चुनावको मुखमा गरिएको मन्चन मात्र भएको बताएका छन् । नेपाली काँग्रेसका पुर्व सहमहामहामन्त्री समेत रहेका जोशीले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै यो झुटको खेतीमा मलजल नगर्न र सम्पूर्ण सच्चा नेपाली कांग्रेसका समर्थकहरुलाई पार्टीको मूल्य र मान्यताबाट बिचलित भएर गरिएको निर्णयाधार बिनाका यस्ता बकम्फुसे कुराको पछि नलाग्न र सो निर्णयको घोर भत्र्सना गर्न समेत अनुरोध गरेका छन् ।

सामाजिक सन्जाल मार्फत सार्वजानिक भएको विज्ञप्तिमा जोशीले भनेका छन्–‘हिजो नेपाली कांग्रेसले गरेको निर्णय (जोशीको कारवाही फुकुवा) मा मेरो नाम पनि उल्लेख छैन । साथै २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको छ । हेक्का रहोस् हामी नव सामन्तीहरुको दास होइनौँ । बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पु¥याउने शेर बहादुर देउवा लगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सँग माफी माग्नु पर्छ । अनि मात्रै सच्चा कांग्रेसहरु प्रति न्याय हुन्छ ।’

‘नेपाली काँग्रेसले हिजो मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै । पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने र कुर्सी मोहका लागि गलतलाई गलत हो भन्न नसक्ने, बोल्नु पर्ने ठाउँमा चुँ समेत नगर्ने नेपाली कांग्रेसका युबा नेताहरुको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको छ । साथै यस्तो नेतृत्वले देशको कस्तो खाका कोर्ने हो भन्ने चिन्ता पनि लागेको छ ।’ जोशीले भनेका छन् ।

जेशीले विज्ञप्तिमा भनेका छन्–‘भनिन्छ जब राजनीतिमा विचलन आउँछ, तब झुटको खेति गरिन्छ । १२ बुँदे सहमति पछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटो तर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ । अतः सबै भन्दा ठूलो कुरा देश हो । देश रहे मात्रै पार्टी रहन्छ । पार्टी रहे राजनीती गरुँला । मैले मेरो ब्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनु पर्ने कुनै आवश्यकता छैन । आज देश नाजुक स्थितिमा पुगेको छ । सबै मिलेर देशको रक्षा गर्न पर्ने बेला आएको छ ।’

जोशीको कारवाही फुकुवा भएको हुँदा अव जोशी नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईको प्रचारमा हिड्ने आशा गरेका काँग्रेसका कार्यकर्तालाई जोशीको विज्ञप्तिले निराश बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय