उम्मेदबारहरु आन्तरिक बैठक र छलफलमा व्यस्त

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१

बैशाख १० गते तनहुुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि सोमबार उम्मेदबारी दर्ता गरेका उम्मेदबारहरु आन्तरिक बैठक र छलफलमा व्यस्त भएका छन् । प्रमुख राजनीतिक दलका उम्मेदबारहरुले मंगलबार बिहानैबाट पार्टीको आन्तरिक बैठक र छलफलमा व्यस्त भएका छन् ।

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाल बिहान नेकपा एमाले बन्दिपुर गाउँपालिका कमिटिको बैठकमा सहभागी भएभने दिउँसो भानु नगर कमिटि र व्यास नगर कमिटिको बैठकमा सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ । खनालले बिहान डुम्रे बजारका केही अगुवाहरुसँग पनि छलफल गरेका थिए ।

त्यसैगरि नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई पनि आन्तरिक छलफलमा व्यस्त छन् । भट्टराई मंगलबार बिहान नेपाल प्रेस युनियन तनहुुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित थिए । सो पत्रकार सम्मेलनमा भट्टराईले पत्रकारहरुसँग अन्तरक्रिया समेत गरेका थिए । भट्टराई मंगलबार पनि विभिन्न आन्तरिक बैठक र छलफलमा व्यस्त हुने जनाईएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिय वाग्ले मंगलबार बिहान व्यास नपा १४ स्थित छाब्दी बाराही मन्दिरमा पुगी मन्दिरको दर्शन गरि स्थानीय बासिन्दासँग भेटघाट समेत गरेका थिए । वाग्ले मंगलबार दमौलीका केही अगुवाहरुसँग भेट गर्ने र पार्टीको केही बैठकमा सहभागी हुने सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय