उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।

आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो ।

तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि चितवन–२ का उम्मेदवार रवि लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो ।

उनीमाथि परेको उजुरीमाथि चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्ति पथमा पत्र पठाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले