एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने,’ विभागको निर्देशमा भनिएको छ ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।

जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले