न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय