भट्टराईले भेटे नेकपा एसका नेता श्रेष्ठलाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

उपनिर्वाचनको लागि तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मदबार गोविन्द भट्टराईले नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नम्बर ४ का सांसद किसान श्रेष्ठलाई भेट गरेका छन् । भट्टराईले बुधबार दिउँसो पुर्वमन्त्री समेत रहेका श्रेष्ठलाई पनि उनकै निवास महाराजगन्जमा पुगी भेट गरेका थिए ।

उक्त भेटमा भट्टराईले आफुलाई सहयोग गर्न श्रेष्ठसँग अनुरोध गरेका थिए । सांसद श्रेष्ठसँगको भेटमा श्रेष्ठको स्वास्थ्यको विषयमा बढि कुरा भएको भट्टराई निकट श्रोतले जनाएको छ ।

सांसद श्रेष्ठ केही दिन यता खुट्टामा समस्या आई निवासमै आराम गरिरहेका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा तनहुुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका श्रेष्ठ गत मंसिरमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । तनहुँमा उनको राम्रो प्रभाव भएको कारण उम्मेदबारहरु श्रेष्ठलाई भेट्न पुगेका छन् । यस अघि नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले पनि श्रेष्ठलाई भेट्न गएका थिए ।

भट्टराईले बुधबार विहान नेकपा एसका अध्यक्ष माधव नेपाललाई नेपाल निवास कोटेश्वरमा पुगी भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू