देवघाट पुगेर खनालले भनेः धार्मिक आस्थालाई जनताको खुसीसँग र धार्मिक स्थलहरुलाई मुलुकको समृद्धीसँग जोड्न सकिन्छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २२

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले धार्मिक आस्थालाई जनताको खुसीसँग र धार्मिक स्थलहरुलाई मुलुकको समृद्धीसँग जोड्न सकिने बताएका छन् । नेकपा एमाले देवघाट गाउँ कमिटिको बुधबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले देवघाटलाई नेपालकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने बताए । त्यसकोलागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए । राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

सो कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले अवको निर्वाचन राष्ट्रवादी र राष्ट्रघातीको विचमा हुन लागेको हुँदा कुनै पनि हालतमा राष्ट्रवादीहरु हार्न नहुनेमा मतदातालाई सचेत गराउनु पर्नेमा जोड दिए । राष्ट्रवादीको प्रतिनिधित्व एमाले र राष्ट्रघातीको प्रतिनिधित्व सत्तागठबन्धनले गर्ने गुरुङको भनाई थियो ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु कृष्ण पौडेल, प्रदेश कमिटिका सदस्य इन्द्र पौडेल, जिल्ला कमिटिका सदस्यहरु इन्द्रमान परियार, बाबुराम अधिकारी, शिवराज पौडेल, अनेमसंघकी अध्यक्ष सावित्री न्यौपाने लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय