बन्दिपुर पुगेर सर्वेन्द्र खनालले भनेः अपराधीलाई कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्नेछु

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
बन्दिपुर, चैत २३
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनालले आफु सांसदमा निर्वाचित भईसकेपछि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्ने बताएका छन् । विहिबार बिहान बन्दिपुर गाउँपालिकामा नेकपा एमालेको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले आफु प्रहरी सेवामा हुँदा अपराधीलाई कारवाहीको दायरामा ल्याएपनि कानुनमा भएको छिद्र प्रयोग गरेर अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए ।

अव आफ्नो मुख्य ध्यान कानुनका ति छिद्रहरु टाल्ने भएको हुँदा त्यसकोलागि संसदमा जानु पर्ने आवश्यकता भएको उनले बताए । खनालले आफ्नो प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, शुशासन, भ्रष्टाचारको अन्त्य, गुन्डाराजको अन्त्य, मिटरव्याजीहरुलाई निस्तेज, अपहरणकारी, हप्ता अशुली, विद्युत चुहावट, म्याज फिक्सिङ, मानव बेचबिखन, दाईजो प्रथा जस्ता कुरीति र अपराधलाई जरैदेखी उखेल्ने प्रयास भएको बताए ।

तर त्यस्ता अपराधीहरुको विरुद्धमा प्रहरीले मुद्धा चलाईसकेपछि कानुनका छिद्र प्रयोग गरेर उनीहरुले उन्मुक्ति पाउने र त्यस्तै अपराधीहरु अहिले राजनीतिको मुलधारमा समेत आएको भन्दै खनालले त्यही कानुनको छिद्रलाई टाल्न आफु पनि राजनीतिको मैदानमा आएको बताए ।खनालले राजनीतिमा शुद्धिकरणकोलागि आफु राजनीतिमा प्रवेश गरेको बताए । राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।

खनालले बन्दिपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको हुँदा बन्दिपुरको पर्यटनलाई विश्वमाझ पु¥याउन आफुले प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय