सरकारी भत्ता बाँडेर भट्टराईले प्रचार अभियान सुरु गरे

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २३

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले वडा कार्यालयले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बाँडेर आफ्नो प्रचार अभियान सुरु गरेका छन् । विहिबार व्यास नपा ११ मा पुगेका भट्टराईले स्थानीय एक अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालय मार्फत प्रदान गरिने भत्ता बाँडेर आफ्नो चुनावी अभियान सुरु गरेका हुन् ।

सो स्थानमा ब्यास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयले बिहीबार भत्ता वितरणको कार्यक्रम राखेको थियो । सोही क्रममा पुगेका भट्टराईले सोही वडाका अपाङ्गता भएका धर्मबहादुर अधिकारीलाई वडाको भत्ता प्रदान गरेका थिए । अधिकारीको कम्मरमुनिको भाग चल्दैन ।
चुनावका बेला मतदाता प्रभावित पार्न भट्टराईले वडा कार्यालयमार्फत वितरण गरिने भत्ता प्रदान गरेको भन्दै आलोचना भएको छ ।

नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले यो कार्य निर्वाचन आचार संहिताको उल्लंघन भएको हुँदा आफुले मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गारएको बताए । त्यस्तै नेकपा एमाले व्यास–११ का अध्यक्ष सञ्जय श्रेष्ठले पनि चुनावका बेला मतदाता प्रभावित पार्न खोजिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

यस विषयमा वडाध्यक्ष दलबहादुर दुरासँग सम्पर्क गर्दा आफू उक्त ठाउँमा नभएको र जानकारी नभएको बताए । ‘आज भत्ता बाँड्ने कार्यक्रम थियो, म त्यता पुगेको थिइँन,’ उनले भने ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले सबैले निर्वाचन आचार संहितालाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताए । ‘निर्वाचन आचार संहिता कानुनी र नैतिक बन्धन हो, यो सबैले पालना गर्नु पर्छ’ आचार्यले भने ‘निर्वाचन आचार संहिताको पालना नगर्दा कारवाही भएमा सम्बन्धित पक्ष आफै जिम्मेबार बन्नु पर्छ ।’

यस विषयमा उम्मेदबार भट्टराईले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी विहिबार व्यास नपा ११, १२, १३ र १४ का विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय