निर्वाचन आचार संहिताको पालना गर्न आग्रह

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २३

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचार संहिताको पुर्ण पालना र कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षहरुलाई आग्रह गरेको छ । निर्वाचन आचार संहिताको कार्यान्वयनको सम्बन्धमा विहिबार दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबै पक्षले निर्वाचन आचार संहिताको पालना गर्नु पर्ने बताए ।

‘निर्वाचन आचार संहिता कानुनी र नैतिक बन्धन हो, यो सबैले पालना गर्नु पर्छ’ आचार्यले भने ‘निर्वाचन आचार संहिताको पालना नगर्दा कारवाही भएमा सम्बन्धित पक्ष आफै जिम्मेबार बन्नु पर्छ ।’ निर्वाचन आचार संहिताको पुर्ण पालना भएमा मात्र निर्वाचनको विश्वसनियता हुने भएकोले सबैले यस प्रति गम्भिर बन्नु पर्ने उनको भनाई थियो ।

सहकायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले आचार संहिताको उल्लंघन भएपछि कारवाहीको प्रक्रियामा जानु भन्दा पनि सबैले आचार संहिताको पालना गर्नु पर्ने बताए । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले कार्यालयले पनि आचार संहिताको पालना भए नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने भन्दै सम्बन्धित सबैले यो व्यवस्थालाई पालना गर्नु पर्ने बताए ।

निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनको लागि विहिबारबाट निर्वाचन आचार संहिता लागु गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकै क्रममा जारी भएको आचार संहिता यस पटक पनि हुवहु लागु हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

कार्यालयले मतदाता शिक्षाको लागि आगामी बैशाख १ देखी ७ गतेसम्म प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाउने तयारी भएको ढकालले बताए । विगतको निर्वाचनमा मत बदरको संख्या धेरै भएको हुँदा राजनीतिक दलहरुले पनि चुनाव प्रचारको क्रममा मतदाता शिक्षालाई सँगसँगै लैजानु पर्ने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी