निर्वाचन लक्षित शान्ति सुरक्षाको बारेमा प्रजिअ र एसपीसँग छलफल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २४

तनहुँ क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचन लक्षित शान्ति सुरक्षा र निर्वाचनको तयारीको बारेमा इन्सेक गन्डकी प्रदेशले तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिएको छ ।

इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र महिला मानवअधिकार रक्षक सन्जाल तनहुँका प्रतिनिधिले शुक्रबार निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रे र जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टलाई भेट गरि जानकारी लिएको हो ।

सो अवसरमा निमित्त प्रजिअ गैह्रेले निर्वाचन लक्षित शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाईएको बताए । राजनीतिक दल तथा उम्मेदबारहरुलाई निर्वाचन आचार संहिताको पुर्ण पालना गरि प्रचार प्रसार गर्न अनुरोध गरिएको बताए । निर्वाचन आचार संहिताको पालना गरेमा शान्ति सुरक्षाको अवस्था पनि नबिग्रने उनले बताए ।

एसपी अवदेश विष्टले निर्वाचन हुने क्षेत्रमा रहेको प्रहरी कार्यालय र चौकीमा पत्राचार गरिसकेको भन्दै उम्मेदबार तथा मतदाताको पुर्ण सुरक्षाको प्रत्याभुती गरिने बताए । एसपी विष्टले निर्वाचन विरोधी समुह नभएको हुँदा निर्वाचनमा शान्ति सुरक्षाको चुनौती नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण