देवघाट अनलाइन
दमौली, चैत २४
नेकपा एमालेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल शुक्रबार बिहान व्यास नगरपालिका–वडा नम्बर २ र ३ स्थित दमौली बजारका विभिन्न टोलमा पुगी मतदातालाई भेट गरेका छन् ।
सो अवसरमा खनालले आफु गफमा हैन, काममा विश्वास गर्ने हुँदा एक पटक आफुलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेका थिए ।
उनले आफु भाषणमा भन्दा काममा विश्वास गर्ने भएको हुँदा जनताले विश्वास गरे काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।
सो अवसरमा खनाललाई विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र दमौलीबासीहरुले शुभकामना दिएका थिए ।
सो क्रममा ठुलो संख्यामा एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।