सर्वेन्द्र खनालको चुनावी अभियानको फोटो राख्दै एमाले अध्यक्ष ओलीले लेखे–‘तनहुँ भन्नासाथ म बन्दीपुरबाट देखिने रमाइला दृश्यहरु सम्झन्छु’

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय मिल्यो भने फेरी पनि सुन्दर तनहुँ घुम्न आउने बताएका छन् । उपनिर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाललाई बन्दिपुरकी एक मतदाताले टिका लगाएर शुभकामना दिएको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै एमाले अध्यक्ष ओलीले लेखेका छन्– ‘तनहुँ भन्नासाथ म बन्दीपुरबाट देखिने रमाइला दृश्यहरु सम्झन्छु । सम्झँदा पनि मन आनन्दित हुन्छ ।’

नेकपा एमालेका अध्यक्ष ओलीले भनेका छन् ‘तनहुँ–१ मा वैशाख १० गते हुने उप–चुनावको प्रचार अभियानलाई मैले नियालीरहेको छु । नेकपा (एमाले) का सर्वेन्द्र खनाल सहित अरु उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मलाई लाग्छ–तनहुँलाई कस्तो बनाउने भन्ने विषयमा उम्मेदवारहरुले ‘इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरु मतदाताहरुलाई वताउन् ।’

एमाले अध्यक्ष ओलीले भनेका छन्–‘मैले हाम्रो पार्टीका उम्मेदवार सर्वेन्द्रजीलाई पनि भनेको छु–यो केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषय मात्रै भयो भने त्यसले जनतालाई फाइदा गर्दैन । तसर्थ हामी आफ्नो कुरा गर्ने भन्दा धेरै जनताका कुरा सुनौं, धेरै भन्दा धेरै युवा मतदाताको सहभागितामा रचनात्मक कार्यक्रमहरु गरौं । समय मिल्यो भने सुन्दर तनहुँ घुम्न म फेरि पनि आउँछु है !’

एमाले अध्यक्ष ओली नयाँ वर्षको अवसरमा आउँदो चैत ३० गते बन्दिपुर आउने कार्यक्रम रहेको छ । बन्दिपुरमा अध्यक्ष ओलीले नयाँ वर्षको कार्यक्रमको उद्घाटन गर्ने र बैशाख ३० गते बन्दिपुरमा एमालेको गाउँपालिका स्तरीय चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण