देवघाट अनलाइन
देवघाट, चैत २६
तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले देवघाट धामलाई अन्तराष्ट्रिय स्तरको धार्मिक पर्यटन केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ र आईतबार बिहान विहान देवघाट गाउँपालिका ५ स्थित देवघाटधाम क्षेत्रको भ्रमण र त्यहाँका मतदाताहरुसँग भेट गर्दै वाग्लेले देवघाट महत्वपुर्ण धार्मिक तथा ऐतिहाँसिक स्थल भएको हुँदा त्यसको सम्बद्र्धन गरि अन्तराष्ट्रिय क्षेत्रबाट धेरै भन्दा धेरै पर्यटक ल्याउनु पर्ने बताए । उनले आफु सांसद निर्वाचित भएपछि देवघाटमा धेरै महत्वपुर्ण परियोजना ल्याउने बताए ।
नेपाली काँग्रेसुका उम्मेदबार गोविन्द भट्टराईले शनिबार देवघाटका मतदातालाई भेट गरेपछि रास्वपाका वाग्ले साँझ देवघाट पुगेका थिए । रास्वपाले शनिबार देवघाटमा चुनावी सभा समेत आयोजना गरेको थियो । चुनावी सभा पश्चात वाग्लेको टोली सो दिन देवघाटमै बसेको थियो ।