आफुलाई पानी मान्छे भन्दै भट्टराईले भने–अब तनहुँ तिर्खाउने छैन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली , चैत २६

बैशाख १० गते हुने उपनिर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले आफुले आफुलाई पानी मान्छे भन्न रुचाउँछन् । तनहुँ क्षेत्र नम्बर १ को ६० भन्दा बढि खानेपानी योजना आफुले ल्याएको दावी गर्दै खनालले तनहुँ अव तिर्खाउने छैन, भन्दै सबैले अव ढुक्कले प्यास मेट्न पाउने दावी गरेकाछन् ।

सामाजिक सन्जालमा पानी सम्बन्धी आफ्नो अनुभव लेख्दै भट्टराईले भनेका छन्–‘कथा २०६८ साल तिरको कुरा हो, पोखरीछापको मेरा एक जना साथीकोमा एक रात उहाँकोमा बास बस्न पुगेँ । बिहानी पख, मुख धुन खोजे त्यहाँ पानी थिएन । पानी लिन कुवामा जानु पर्ने रहेछ । कुवामा जाँदा निक्कै लामो लाइन थियो । लाइनमा बस्ने प्रायः महिला दिदी बहिनी र ससाना नानीहरू । टाउकोमा नाम्लो लगाएर अझै हातमा अर्को भाँडो झुन्डाएका । पानी कुवाको पिँधमा मात्र, दुई–तीन गाग्री भर्दा रित्तिने । तर आफ्नो पालो कुरेर बसेकाहरूको लाइन लामो थियो । त्यस्तै अवस्था नजिकैको अर्को कुवामा पनि थियो । यसो सम्झिए यी नानीबाबु अब घरमा पानी पु¥याएर कसरी विद्यालय समयमा पुग्लान् ? दिनकै यति गह्रौँ भारी उचाल्दा महिला दिदी बहिनीलाई कति स्वास्थ्य समस्या देखिएला ? मन अमिलो भयो । त्यसपछि मैले ‘तपाईँ मूल खोज्नु, म पैसा खोज्छु’ भनेर मुख नधोई निक्लिए ।’

‘२०४९ देखि आजसम्म आइपुग्दा मैले यस क्षेत्रमा ६० भन्दा बढी खानेपानीको योजना ल्याएर काम गरेको छु । कहिले काँहि गाउँघर पुग्दा अहिले आनन्दले पानी खान पाइया छ भनिदिनु हुन्छ त्यसैमा खुसी लाग्छ । मेरा खुसी साँच्चै यो भेगको माटो, यहाँको हावा, पानी, यहाँका मानिसहरूसँग जोडिएको छ । यस पटक अझै जिम्मेवार स्थानमा पुगेर यहाँहरूको सहयात्री बन्ने अवसर पाएको छु । यहाँहरूको साथ पाएँ भने हामीले सँगै देखेका सपनाहरू छिट्टै पूरा हुनेछन् ।

‘गाउँ–गाउँमा पानी पिलाउन अनि विकासका काम लिएर जाँदा मात्र होइन उम्मेदवार बनेर जाँदा पनि यहींको भूमिपुत्रका रुपमा झनै बढी तपाईंले दिएको हौसलाले मलाई तपाईंका विकास सपना अब औपचारिक भूमिकामा निर्वाह गर्ने हौसला मिलेको छ । वैशाख १० गतेसम्म यो साथ र हौसला अनि सल्लाह सुझाव झनै धेरै मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।’ भट्टराईले भनेका छन् ।

भट्टराईले लेखेका छन् ‘अब तनहुँ तिर्खाउने छैन । तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने छ । अबको यो यात्रामा यहाँहरूको माया र साथको अपेक्षामा । उही यहाँहरूको, पानी मान्छे ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू