देवघाटबासीले सर्वेन्द्र खनाललाई भनेः चुनाव जिताउने तपाईलाई नै हो

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २७

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेबार सर्वेन्द्र खनाल यो एक सातामा दुई पटक देवघाट पुगे । गत साता नेकपा एमाले देवघाट गाउँ कमिटिको बैठकमा सहभागी हुन गएका खनाल सोमबार मतदाता भेटघाटको लागि पुनः देवघाट पुगेका थिए । अघिल्लो पटक जाँदा नेकपा एमालेका कार्यकर्तालाई सम्बोधन गरेका खनालले सोमबार भने यहाँका मतदातालाई भेटघाट गरेका थिए ।

गत शनिबार मात्र नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले देवघाट पुगेर मतदातालाई सम्बोधन गरेका थिए । काँग्रेस र रास्वपाका उम्मेदबार देवघाट गएको आएको दुई दिनमा एमालेका खनाल देवघाट पुगे । यसले गर्दा देवघाटबासीले तिन दिनमा तिनै जना उम्मेदबारको धारणा सुन्न पाए ।

तिनै जना उम्मेदबारको भनाई सुनेका एक मतदाता भन्छन् तिनजना मध्येमा सबै भन्दा अब्बल र क्षमतावान सर्वेन्द्र खनाल लाग्यो । आफन भनाई निर्धक्कसँग भन्न सक्ने र मतदातालाई झुठा आश्वासन नदिने सवालमा खनाल स्पष्ट लागेको ति मतदाताको भनाई छ । देवघाटका मतदाताले एमालेका सर्वेन्द्र खनाललाई आश्वासन दिँदै भने चुनाव जिताउने तपाईलाई नै हो ।

मतदाताको आश्वासन पछि मख्ख परेका खनालले पनि आफु जितेर गएपछि देवघाटधामलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता जनाए । उनले देवघाटबासीको समृद्धीको लागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।


तश्विरहरुः सफल शर्मा

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को