देवघाट अनलाइन
देवघाट, चैत २७
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेबार सर्वेन्द्र खनाल यो एक सातामा दुई पटक देवघाट पुगे । गत साता नेकपा एमाले देवघाट गाउँ कमिटिको बैठकमा सहभागी हुन गएका खनाल सोमबार मतदाता भेटघाटको लागि पुनः देवघाट पुगेका थिए । अघिल्लो पटक जाँदा नेकपा एमालेका कार्यकर्तालाई सम्बोधन गरेका खनालले सोमबार भने यहाँका मतदातालाई भेटघाट गरेका थिए ।
गत शनिबार मात्र नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले देवघाट पुगेर मतदातालाई सम्बोधन गरेका थिए । काँग्रेस र रास्वपाका उम्मेदबार देवघाट गएको आएको दुई दिनमा एमालेका खनाल देवघाट पुगे । यसले गर्दा देवघाटबासीले तिन दिनमा तिनै जना उम्मेदबारको धारणा सुन्न पाए ।
तिनै जना उम्मेदबारको भनाई सुनेका एक मतदाता भन्छन् तिनजना मध्येमा सबै भन्दा अब्बल र क्षमतावान सर्वेन्द्र खनाल लाग्यो । आफन भनाई निर्धक्कसँग भन्न सक्ने र मतदातालाई झुठा आश्वासन नदिने सवालमा खनाल स्पष्ट लागेको ति मतदाताको भनाई छ । देवघाटका मतदाताले एमालेका सर्वेन्द्र खनाललाई आश्वासन दिँदै भने चुनाव जिताउने तपाईलाई नै हो ।
मतदाताको आश्वासन पछि मख्ख परेका खनालले पनि आफु जितेर गएपछि देवघाटधामलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता जनाए । उनले देवघाटबासीको समृद्धीको लागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
तश्विरहरुः सफल शर्मा