देवघाट अनलाइन
दमौली, चैत २७
पृथ्वीराजमार्ग स्थित आवुँखैरेनी गाउँपालिका–४ पावरहाउसमा सोमबार दिउँसो बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मुग्लिङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९४०२ नम्बरको बसले बिपरीत दिशाबाट जादै गरेको ग २२ प ९८२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लम्जुङ जिल्ला दुधपोखरी गाउँपालिका–५ का ३० बर्षिय सन्तोष गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । सो दुर्घटनामा मोटसाईकलमा सवार भएका सोही ठाउँका ३५ बर्षिय भिमसेन गुरुङ सख्त घाईते भएका छन् । घाईते गुरुङको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।