भट्टराईलाई जिताएर पठाउनुस, मन्त्री बनाईन्छः भण्डारी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

नेपाली कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले बैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ का मतदाताले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र वैशाख १० गते हुने उपनिर्वाचनमा भट्टराईलाई जिताएर मन्त्री बनाउने अवसर आएको बताए । वर्तमान सरकारमा मन्त्री बन्ने निकै प्रयास गरे पनि त्यो अवसर नपाएका भण्डारीले उपचुनाव जितेर गएमा भट्टराईलाई मन्त्री बनाइने बताएका हुन् ।

भण्डारीले तनहुँको व्यास नगरपालिका–१० वैरनीमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै सो कुरा बताएका हुन् । गठबन्धनको सरकार भएकाले जनताले विकासको पूर्वाधार निर्माणको लागि गठबन्धनकै उम्मेदवारलाई जिताउँदा सहज हुने भएकोले जीत सुनिश्चित रहेको उनको भनाई थियो । ‘यसपटक गोविन्द भट्टराई जिताएर मन्त्री बनाउनु पर्छ त्यसको साथ दिन म तयार छु भण्डारीले भने, सरकार भए नै काम गर्न सकिन्छ ।’

राजनीतिक स्थायित्वबिना देश विकास हुन नसक्ने कुराको हेक्का राख्दै गठबन्धन गरिएको भण्डारीले बताए । उत्तेजना तथा भावावेशमा आएर राजनीतिले सही निकास दिन नसक्ने भण्डारीले बताए । नेपाली काँग्रेसका उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकोले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नु पर्ने भण्डारीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल