सर्वेन्द्र खनालः ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको सुरुवातकर्ता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

नेपाल प्रहरीले २०७५ कार्तिक ११ गते ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको सुभारम्भ ग¥यो । तत्कालिन गृहमन्त्री रामबहादुर थापाले उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाल प्रहरीले सञ्चालन गरेका विभिन्न कार्यक्रम मध्ये ‘समुदाय–प्रहरी साझेदारी अहिलेसम्मकै वृहत् र सर्वाधिक प्रभावकारी कार्यक्रम ठहरिएको छ । यो कार्यक्रम लिएर नेपाल प्रहरी हजारौं विद्यालयमा पुगेको छ, सात सय ५३ वटै स्थानीय तहमा पुगेको छ । हजारौं वडामा पुगेको छ । समाजको विभिन्न वर्ग, समुदाय र तहतप्कामा पुगेको छ । जनतालाई नेपाल प्रहरीसँग जोड्ने यो लोकप्रिय र प्रभावकारी कार्यक्रम ‘समुदाय–प्रहरी साझेदारी’ को सुरुवातकर्ता नेपाल प्रहरीका तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल थिए ।

अपराध रोकथाम, सामाजिक बिृकती र बिसंगती विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिबृद्धी गर्ने र समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको विचमा संस्थागत साझेदारी गर्ने उद्देश्यले नेपाल प्रहरीले यो कार्यक्रम सन्चालन गरेको थियो । ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभर फैलियो । समुदायसँग बसेर विकृति र विसंगसतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको छ । नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी गरेर साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइएको तत्कालिन महानिरिक्षक खनाल बताउँछन् ।
न्यून आयस्रोत, बेरोजगार, महँगीजस्ता आर्थिक विशृंखलताले समाजमा अपराध बढाएका छन् ।

अर्कोतिर, विभिन्न विकृतिले सामाजिक मूल्यमान्यता क्षयीकरण गराएर अपराध जन्मिने भूमि उर्वर बनाएको छ । फलतः जुवा, तास, मादक पदार्थ, लागूऔषध, गुन्डागर्दी, संगठित र पेसेवर आपराधिक क्रियाकलाप लगायतका सामाजिक अपराध डरलाग्दा भएका छन् महिलामाथिका यौनजन्य र अन्य दुव्र्यवहार, छुवाछूत, छाउपडीजस्ता महिला तथा बालबालिका विरुद्धका अपराध भयावह बढेको अवस्थामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमले यस्ता अपराध रोक्न निकै सहयोग पुगेको नेपाल प्रहरीको विश्लेषण छ ।

यो अभियान सातवटै प्रदेश, ७७ वटै जिल्ला र ७५३ स्थानीय तहमा एकैचोटि सुरु भएको थियो । हरेक जिल्ला, पालिका, वडा, टोल र स्थानीय विद्यालयमा कार्यक्रम सञ्चालन भएका छन् । समुदाय र विद्यालय केन्द्रित सचेतना र अन्तरक्रिया भइरहेका छन् । सुरक्षात्मक पर्चा, पम्प्लेट वितरण गरिएका छन् । सचेतनामूलक भिडियो क्लिप र समाचार प्रसारण भइरहेका छन्। सामुदायिक सुरक्षा पाठ्यक्रम तयार गरी सोहीअनुरुप शिक्षक र विद्यार्थीलाई परिचालन गरिएको छ ।

यो अभियानबाट आधारभूत मानवीय सुरक्षा, मानव बेचबिखन सुरक्षा, महिला, बालबालिका र वृद्धहरूको सुरक्षा, बालविवाह रोकथाम, दाइजो अन्त्य, छाउपडी, बोक्सीलगायतका सामाजिक विकृतिको निराकरण, सडक सुरक्षा, एकीकृत सेवा प्रवाह, लागूऔषध, मदिरा, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न मद्धत पुगेको छ ।

प्रहरी महानिरीक्षकको जिम्मेबारी सम्हालेपछि सर्वेन्द्र खनालले ‘समुदाय प्रहरी साझेदारी’ को अवधारणा सार्वकजनिक गरेका थिए । सरकार र प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्ने नभएकाले समुदायको सहभागिता अनिवार्य भएको महसुस गर्दै यो अवधारणा ल्याईएको खनालले बताए । अन्ततः खनालले सोचे झैं ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै गएको छ । आमनागरिक बर्दीविनाको प्रहरी भएकाले प्रहरीले सञ्चालन गर्ने अपराध नियन्त्रण अभियानमा समुदायको सहभागिता अनिवार्य भएको हुँदा ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको अवधारणा ल्याईएको खनालले बताए ।

‘यो अभियानले महिला हिंसा, बालबालिकामाथिको बलात्कार, हत्या र अपहरण लगायतका घटनालाई नियन्त्रण गर्न नयाँ पहल कदमी लिएको भन्दै खनालले शान्ति सुरक्षा समृद्ध समाज निर्माणको महत्वपूर्ण पक्ष भएको बताए । समृद्ध नेपाल सुखी नेपाली निर्माणका लागि शान्तिसुरक्षा र अपराध मुक्त समाज पहिलो प्राथमिकता भएको चर्चा गर्दै खनालले समाजलाई अपराधमुक्त बनाउन यो अभियान सफल भएको बताए ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा खनाल नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदबार बनेका छन् ।

चुनावी अभियानको क्रममा पनि खनालले आफु जागिरे जिवनमा अपराधमुक्त समाज निर्माणकोलागि सक्रिय भएको र अव राजनीतिकको अपराध सङ्लो बनाउन चुनावी मैदानमा आएको बताए । उनले सांसदमा निर्वाचित भएपछि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्ने बताएका छन् ।

खनालले आफु प्रहरी सेवामा हुँदा अपराधीलाई कारवाहीको दायरामा ल्याएपनि कानुनमा भएको छिद्र प्रयोग गरेर अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए । अव आफ्नो मुख्य ध्यान कानुनका ति छिद्रहरु टाल्ने भएको हुँदा त्यसकोलागि संसदमा जानु पर्ने आवश्यकता भएको उनले बताए । खनालले आफ्नो प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, शुशासन, भ्रष्टाचारको अन्त्य, गुन्डाराजको अन्त्य, मिटरव्याजीहरुलाई निस्तेज, अपहरणकारी, हप्ता अशुली, विद्युत चुहावट, म्याज फिक्सिङ, मानव बेचबिखन, दाईजो प्रथा जस्ता कुरीति र अपराधलाई जरैदेखी उखेल्ने प्रयास भएको बताए । तर त्यस्ता अपराधीहरुको विरुद्धमा प्रहरीले मुद्धा चलाईसकेपछि कानुनका छिद्र प्रयोग गरेर उनीहरुले उन्मुक्ति पाउने र त्यस्तै अपराधीहरु अहिले राजनीतिको मुलधारमा समेत आएको भन्दै खनालले त्यही कानुनको छिद्रलाई टाल्न आफु पनि राजनीतिको मैदानमा आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान