व्यासका विभिन्न वडाको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

बैशाख १० गते हुने उपनिर्वाचनको तयारीको लागि नेकपा एमाले व्यास नगर कमिटि अन्तर्गत विभिन्न वडाको बैठक सम्पन्न भएको छ । बुधबार वडा नम्बर ११ को दरै पंधेरामा र वडा नम्बर १२, १३ र १४ को संयुक्तरुपमा छाब्दी बाराहीमा बैडक आयोजना गरियो ।

सो बैठकमा नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले निर्वाचन नजिकिई सकेको हुँदा सबै कार्यकर्ताहरु आफ्नो व्यक्तिगत कामलाई थाँती राखेर निर्वाचनको प्रचारमा जुट्नु पर्ने बताए । यो निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती विचको लडाई भएको हुँदा राष्ट्रबादीहरुको जित हुन सम्पुर्ण पार्टी पंक्ति परिचालन भई जनतालाई जगाउनु पर्ने गुरुङले बताए ।

बैठकलाई नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिवालय सदस्य विष्णुभक्त सिग्देल, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे लगायतले निर्वाचन परिचालनको लागि जुटुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक