अनेमसंघको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

अनेमसंघको क्षेत्रीय समितिको विस्तारित बैठक बुधबार डुम्रेमा सम्पन्न भएको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचन केन्द्रित विषयमा छलफल र तयारीको लागि नेकपा (एमाले) महिला निर्वाचन परिचालन समितिको संयोजनमा सो बैठक आयोजना गरिएको थियो ।
सो बैठकमा नेकपा एमालेकी केन्द्रिय सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्वाचन परिचालनको लागि सम्पुर्ण महिलाहरु सक्रियरुपमा लाग्नु पर्ने बताईन् । उनले महिलाको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको कुरा आम महिला मतदाता समक्ष पु¥याउने पर्ने बताईन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले निर्वाचनमा एमाले र अरु पार्टीको मात्रै प्रतिस्पर्धा होईन राष्ट्रवाद र राष्ट्रघातको विचको प्रतिस्पर्धा र विकास समृद्धि र विकास विरोधी बिचको प्रतिस्पर्धा तथा स्वाभिमान र गुलाम गर्ने बिचको प्रतिस्पर्धा भएको भन्दै निर्वाचनमा राष्ट्रवादी नेकपा एमालेले जित्न पर्ने बताईन् । त्यसैले एमालेलाई जिताउन सम्पूर्ण शक्ति परिचालित हुन पर्ने अर्यालको भनाई थियो ।

महिला परिचालन समितिकी संयोजक कलाकुमारी ढकालको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भगवती न्यौपानेले पनि निर्देशन मन्तव्य राखेकी थिईन् । बैठकमा गाउँ, वडा तथा टोल टोलमा महिलाहरुलाइ निर्वाचन परिचालन गर्ने योजना बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण