सबै घरमा पानी र बिजुली पु¥याउने काँग्रेस उम्मेदबार गोविन्द भट्टराईको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले चुनाव जितेर गए सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पु¥याउने घोषणा गरेका हुन् । उनले गरिब र विपन्न समुदायको लागि न्यूनतम व्यवस्था गराउने पनि उल्लेख गरेका छन् । सबै पालिकाबाट घर–घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उनको प्रतिवद्धतामा छ ।

तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेको उनले बताएका छन् तनहुँ जिल्लामा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने उनको प्रतिबद्धता छ ।

जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिवद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ । व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिवद्धता उनको छ ।

प्रतिवद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ । जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाई समेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने प्रतिवद्धता जनाएका छन् ।
तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिवद्धतामा छ ।

जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू