तनहुँमा आक्रामक चुनावी अभियान , खनाल, भट्टराई र वाग्ले विच कडा प्रतिश्पर्धा हुने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ३

बैशाख १० गते हुने उपनिर्वाचनको ज्वरोले तनहुँ क्षेत्र नम्बर १ का सबैलाई तताएको छ । प्रमुख दल तथा उम्मेदबारले यो उपनिर्वाचनलाई सबै दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । क्षेत्र नम्बर १ का गाउँ गाउँमा आक्रामकरुपमा चुनावी अभियानहरु भईरहेका छन् । तनहुँ क्षेत्र नम्बर १ का नौ जना उम्मेदबार भएपनि नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली काँग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले विच नै मुख्य प्रतिश्पर्धा हुने छ । मतदातामाझ चर्चा पनि यिनै तिन जना उम्मेदबारको नै भईरहेको छ । एक मतदाताको अनुभवमा गत मंसिरको चुनाव भन्दा यो उपनिर्वाचनको माहौल बढि देखिएको छ । राष्ट्रिय रुपमा चर्चामा रहेका पात्रहरु नै मैदानमा उत्रिँदा चुनावी परिणाम कसको पक्षमा हुन्छ भन्ने अझै प्रष्ट भईसकेको छैन ।

नेकपा एमालेले यसपटक प्रभावशाली व्यक्तिलाई मैदानमा उतारेको छ । नेपाल प्रहरीमा ३० वर्ष लामो अवधि सेवा गरेर महानिरिक्षकबाट अवकाश भएका सर्वेन्द्र खनाल उम्मेदबार बनेपछि एमाले कार्यकर्ता माझ बेग्लैखाले उत्साह जागेको छ । २०७४ मा किसान श्रेष्ठ उम्मेदबार बन्दाको जस्तै उत्साह यसपटक एमालेका कार्यकर्तामा देखिएको छ । तनहुँको राजनीतिमा ठुलो योगदान भएको पारिवारिक विरासत, उम्मेदबार खनालको प्रभावशाली व्यक्तित्व, प्रहरीमा हुँदा उनले गरेको राम्रा कामहरुको कारण खनालप्रति एमालेका कार्यकर्ता मात्र नभई आम मतदाता माझ पनि सकारात्मक सन्देश प्रवाह भएको एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले बताईन् ।

तनहुँमा एमालेको आफ्नै राम्रो संगठन छ, । यसपटक विगतको भन्दा राम्रो उत्साह छ र उम्मेदवारको व्यक्तित्वको कारण पनि विगतको भन्दा अझ धेरै एमालेमा आउने प्रष्ट देखिएको न्यौपानेले बताईन् । प्रहरीमा हुँदा भ्रष्टाचार, बिकृती, बिसंगती, गुन्डागर्दी, बोक्सी प्रथा, दाईजो प्रथा, अनियमितता र अराजकता तथा अन्य सबैखाले बिकृतीको विरुद्ध उभ्याएर त्यस्ता बिकृतीको समुल नष्ट गर्ने अभियानको नेतृत्व गरेका खनालले अव राजनीतिमा हुने सबैखाले भ्रष्ट आचारण र बिृकतीको पनि अन्त्य गर्ने चुनावी नारा अघि सारेका छन् । सोही कारण पनि एमालेले आफ्नो उम्मेदबारको जित निश्चित भएको दावी गरेको छ । यस अघि नेपाली काँग्रेसलाई भोट हाल्दै आएका केही हजार मतदाताको भोट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा जाने निश्चित भएको कारण पनि एमालेले आफ्नो जित हुनेमा ढुक्क देखिएको छ ।

यस अघि २०७४ बाहेक अन्य चुनावमा जित हात पार्दै आएको नेपाली काँग्रेस सुरुका दिनमा भने चुनावी परिणाम प्रति ढुक्क देखिएको थियो । आफ्नै परम्परागत विरासत, यस अघि कुनै अवसर नपाएको भनिएका उम्मेदबार गोविन्द भट्टराई प्रति काँग्रेस कार्यकर्तामा देखिएको सहानुभती र गठबन्धनका दलहरुको साथ पाउने भएपछि काँग्रेसले आफ्नो पार्टीले चुनाव जित्नेमा ढुक्क थियो । पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेको पक्षमा एकाएक माहौल बढ्दै गएपछि काँग्रेस आत्तिएको छ ।

सुरुका दिनमा सगठबन्धन माओवादी केन्द्र र नेकपा एसका जिल्ला स्तरीय नेतालाई खासै वास्ता नगरेको काँग्रेस घन्टीको प्रभाव बढ्दै गएपछि भने गठबन्धनका दलहरुलाई फकाउन लागि परेको छ । अव काँग्रेसको अन्तिम आशा गठबन्धको मत नै देखिएको छ । गठबन्धनका मतदाताले इमान्दारी पुर्वक मतदान गरेमा मात्र जित हुने नत्र जित असम्भव भएको काँग्रेसका नेताहरुले विश्लेषण गरेका छन् ।

नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले केही दिन अघि पुर्वसहमहामन्त्री गोविन्दराज जोशीको कारवाही फुकुवा गरेको भनिएको समाचार खुसीका साथ शेयर गर्न प्रतिश्पर्धा गरेका काँग्रेस कार्यकर्तालाई जोशीले चिसो पानी खन्याईदिएका छन् । जोशीले काँग्रेससँगको वार्ता समाप्त भएको भन्दै भट्टराईलाई सहयोग गर्न नसकिने स्पष्ट पारेपछि निराश बनेका छन् । त्यसैकारण काँग्रेस कार्यकर्ताहरु पछिल्लो दिनमा गठबन्धनका अन्य दलका नेतालाई फकाउन लागि परेका छन् । गाउँ गाउँमा हुने चुनावी सभाहरुमा गठबन्धनका नेताहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काँग्रेसको नीति रहेको छ ।

हुन पनि गत मंसिरमा सम्पन्न मतपरिणामलाई हेर्दा माओवादीका कार्यकर्ताको साथ नपाउने हो भने काँग्रेस एमाले भन्दा पनि कमजोर छ । काँग्रेस र एमाले एक्लाएक्लै चुनाव लड्ने हो भने काँग्रेस पराजित हुने मंसिरको चुनावी परिणामले नै प्रष्ट पारेको छ । माओवादीका नेतालाई बोकेर हिड्नु पर्ने काँग्रेसको बाध्यता अन्ततः उसैलाई समाप्त पार्ने तर्फ अग्रसर भएको कार्यकर्ताले बताएका छन् ।

विगतका निर्वाचनमा काँग्रेस एक्लै चुनाव लडेर भोट माग्न मतदाता कहाँ पुग्दा उत्साहित देखिने गाउँका काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले त्यही भिडमा माओवादीका नेतालाई पनि देख्न थालेपछि अव काँग्रेसबाट पार लाग्दैन भनेर घन्टीका उम्मेदबार प्रति आकर्षित भएको काँग्रेसका एक नेताले बताए । अव सँधै भर काँग्रेस गठबन्धन बिना चुनाव लड्न नसक्ने भएपछि काँग्रेसको पछि किन लाग्ने भनेर मतदाताले यस पटक मत परिवर्तन गर्न सक्ने डर देखिएको ति नेताले बताए ।

अहिले काँग्रेसका सयौं कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार वाग्लेको पक्षमा खुलेपछि काँग्रेस गठबन्धनको भर पर्नु स्वभाविक हो । गाउँ–गाउँमा रास्वपाका उम्मेदबार वाग्लेको पक्षमा काँग्रेसले नसोचेको माहौल बनेको छ । काँग्रेसका जिल्ला स्तरका देखी गाउँ तहका नेताहरु धमाधम वाग्लेको पक्षमा खुलेका छन् । काँग्रेस मात्र नभई माओवादीका जिल्ला स्तरीय नेता पनि घन्टीको पक्षमा खुल्न थालेका छन् । रास्वपाका उम्मेदबार वाग्ले जुन ठाउँमा जान्छन् त्यहाँ उनले पनि नसोचेको माहौल बन्ने गरेको छ । विगतमा काँग्रेस र एमालेलाई मतदान गरेका केही मतदाताहरु यसपटक घन्टीको पक्षमा खुलेर लागेका छन् । रास्वपाका सभापती रवि लामिछाने प्रति आम नागरिकमा बढेको क्रेजको फाईदा उम्मेदबार स्वर्णिम वाग्लेले लिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने