माल्टा । युरोपको माल्टामा आज अप्रिल १६ तारिकको दिन दिउँसो ३ बजेबाट हुने नेपाली नयाँ बर्ष २०८० को अवसमा नेपाल डे कार्यक्रमको तयारी पुरा भएको छ ।
माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ संस्थाको प्रतिनिधित्व गदै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्ष २०८० मनाउँदै छ । माल्टाको राजधानी भ्यालेटामा नेपाल र नेपाली चिनाउने सांस्कृतिक कार्यक्रमका साथ कार्यक्रम गर्न लागिएको नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले जनाएको छ । नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन प्रर्वधन गर्ने उद्धेश्यका साथ नेपाली बर्ष मनाउँन लागेको नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले बताए ।
उनका अनसार नेपाल चिनाउन र नेपालमा पर्यटक भित्रर्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल साँस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन समेत रहेको भन्दै समस्त माल्टा बासि नेपालीहरुलाई यस कार्यक्रममा सहभागि भइ सफल बनाउँन आग्रह समेत गरेका छन् ।