तनहुँमा स्वर्णिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुरको मात्रै गन्न बाँकी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

तनहुँ १ का रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १५ हजार ९५८ मत ल्याएर लिड गरिरहेका छन्।

उनलाई कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ६ हजार ८३८ रहेको छ।
यस्तै, एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएर तेस्रो स्थानमा छन्।

अब भाानु नगरपालिकाको २ वटा वडा र बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको मात्रै मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्