आवुखैरेनीबाट रास्वपाका वाग्लेलाई करिब ६५ प्रतिशत मत 

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख ११

उपनिर्वाचन अन्तर्गत तनहूँ क्षेत्र नम्बर १ को आवुँखैरेनी गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले करिब ६५ प्रतिशत मत पाएका छन् ।

आवुँखैरेनीको मतगणना सकिँदा रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेले विपक्षी उम्मेदबार भन्दा धेरै फरााकिलो मत पाएका छन् ।

आवुँखैरेनीको वडा नम्बर १ बाट वाग्लेले १०६५, काँग्रेसका गोविन्द भट्टराईले २७६ र एमालेका सर्वेन्द्र खनालले ५४ मत पाए । त्यस्तै वडा नम्बर २ बाट वाग्लेले ८८१ , काँग्रेसका भट्टराईले ३३६ र एमालेका खनालले १०८ मत पाए । त्यसैगरि वडा नम्बर ३ बाट वाग्लेले १५१८, काँग्रेसका भट्टराईले ४०१ र एमालेका खनालले १९१ मत पाए ।

त्यस्तै वडा नम्बर ४ बाट वाग्लेले ३३२, काँग्रेसका भट्टराईले २३७ र एमालेका खनालले ८५ मत पाए । वडा नम्बर ५ बाट वाग्लेले ३७१, काँग्रेसका भट्टराईले १४९ र एमालेका खनालले २८ मत पाएका थिए । त्यस्तै वडा नम्बर ६ बाट वाग्लेले २८१, काँग्रेसका भट्टराईले २५९ र एमालेका खनालले १३० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग