आवुखैरेनीबाट रास्वपाका वाग्लेलाई करिब ६५ प्रतिशत मत 

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख ११

उपनिर्वाचन अन्तर्गत तनहूँ क्षेत्र नम्बर १ को आवुँखैरेनी गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले करिब ६५ प्रतिशत मत पाएका छन् ।

आवुँखैरेनीको मतगणना सकिँदा रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेले विपक्षी उम्मेदबार भन्दा धेरै फरााकिलो मत पाएका छन् ।

आवुँखैरेनीको वडा नम्बर १ बाट वाग्लेले १०६५, काँग्रेसका गोविन्द भट्टराईले २७६ र एमालेका सर्वेन्द्र खनालले ५४ मत पाए । त्यस्तै वडा नम्बर २ बाट वाग्लेले ८८१ , काँग्रेसका भट्टराईले ३३६ र एमालेका खनालले १०८ मत पाए । त्यसैगरि वडा नम्बर ३ बाट वाग्लेले १५१८, काँग्रेसका भट्टराईले ४०१ र एमालेका खनालले १९१ मत पाए ।

त्यस्तै वडा नम्बर ४ बाट वाग्लेले ३३२, काँग्रेसका भट्टराईले २३७ र एमालेका खनालले ८५ मत पाए । वडा नम्बर ५ बाट वाग्लेले ३७१, काँग्रेसका भट्टराईले १४९ र एमालेका खनालले २८ मत पाएका थिए । त्यस्तै वडा नम्बर ६ बाट वाग्लेले २८१, काँग्रेसका भट्टराईले २५९ र एमालेका खनालले १३० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित