गन्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार चुमानको वडामा घन्टीलाई दोब्बर बढि मत

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

नेकपा माओवादी केन्द्रको गन्डकी प्रदेश संसदीय दलका नेता तथा गन्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका दावेदार हरिबहादुर चुमानको वडा आवुँखैरेनी गाउँपालिका–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले गठबन्धनका उम्मेदबार भन्दा दोब्बर बढि मत पाएका छन् ।

सोमबार बिहान सकिएको उक्त वडाको मतमा वाग्लेले ८८१ मत पाएका थिए भने सत्ता गठबन्धनका साझा उम्मेदबार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३३६ मत मात्रै पाए । सो वडामा नेकपा एमालेका सर्वेन्द्र खनालले १०८ मत पाएका थिए ।

एमाले नेतृत्वको गन्डकी प्रदेश सरकारले विस्वासको मत नपाएपछि चुमानले माओवादीको तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका छन् । माओवादीको संगठन राम्रो रहेको उक्त वडामा काँग्रेस उम्मेदबारलाई निकै थोरै मत खसेपछि तनहूँका काँग्रेसका कार्यकर्ताले माओवादीले अन्तर्घात गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा