तनहुँ १ मा स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।

सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।

तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ५ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ र २ को मत गणना भईसकेको छ । मतगणना भएको व्यासको दुई वटै वडामा पनि रास्वपाका वाग्लेले अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो