बन्दिपुरमा पनि वाग्लेको फराकिलो जित

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

बन्दिपुर गाउँपालिकाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेको अग्रता भएको छ । पछिल्लो पटक सार्वजानिक भएको अन्तिम मतगणनामा घन्टीबाहक उम्मेदबार वाग्लेको फराकिलो अग्रता देखिएको छ । बन्दिपुरबाट वाग्लेले ३९५५ मत पाए । त्यस्तै नेपाली काँग्रेसका गोविन्द भट्टराईले २७४१ र नेकपा एमालेका सर्वेन्द्र खनालले १२१६ मत पाए ।

मत परिणाम अनुसार बन्दीपुरको वडा नम्बर १ मा खसेको २१२९ मध्ये रास्वपाका वाग्लेले ११३० मत पाए । त्यस्तै नेपाली काँग्रेसका भट्टराईले ६५२ मत र एमालेका खनाल ३१५ मत पाएका छन् ।

त्यस्तै गरि वडा नम्बर २ मा भने काँग्रेसका उम्मेदबार भट्टराई झिनो मत अन्तरले अगाडी छन् । उक्त वडामा खसेको १३८३ मत मध्ये भट्टराईले ५८६ मत पाएका छन् । त्यस्तै रास्वपाका वाग्लेले ५५९ र एमालेका खनालले २०१ मत पाएका छन् । बन्दिपुरको वडा नम्बर २ काँग्रेस महाधिवेशन प्रतिनिधि रेशम गुरुङको वडा हो ।

त्यसैगरि वडा नम्बर ३ मा रास्वपाका वाग्लेले ४०४, नेपाली काँग्रेसका भट्टराईले ३९० र एमालेका खनालले ११८ मत पाए । त्यसैगरि वडा नम्बर ४ मा रास्वपाका वाग्लेले ६९०, नेपाली काँग्रेसका भट्टराईले ३९२ र एमालेका खनालले २०० मत पाए ।

यसैगरि वडा नम्बर ५ मा रास्वपाले ७३२ मत पाउँदा नेपाली काँग्रेसले ३५१ र एमालेले १३१ मत पाएको छ । त्यसैगरि बन्दिपुरको वडा नम्बर ६ मा वाग्लेले ४४० मत पाए भने नेपाली काँग्रेसका भट्टराईले ३७० र एमालेका खनालले २३१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती