एमाले उम्मेदबार खनालले दिए मतदातालाई धन्यवाद

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १४

तनहुँ क्षेत्र नम्बर १ मा हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले आफुलाई र पार्टीको पक्षमा मतदान गर्ने तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिएका छन् ।

विहिबार देवघाट अनलाईनसँग कुरा गर्दै खनालले निर्वाचनको क्रममा पार्टीका उम्मेदबारलाई जिताउन खट्ने एमालेका कार्यकर्ता तथा आफुलाई मतदान गर्ने आम मतदातालाई धन्यवाद दिएका छन् ।

परिणाम आफुले अपेक्षा गरे अनुसार नआएको खनालले बताए । अव पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग थप छलफल गरेर आगामी दिनको योजना बताउने खनालले बताए । खनालले केही दिनपछि मतदातालाई धन्यवाद दिन जिल्लामा आउने बताए ।

खनालले निर्वाचन सम्पन्न गर्न खट्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी, सुरक्षाकर्मी, सन्चारकर्मी र पर्यवेक्षकरुहलाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो