सत्यवतीको प्रधानाध्यापकमा पहिलो पटक महिला नियुक्त

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १७

व्यास नपा–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त भएकी छिन् । सो विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले आईतबार प्रधानाध्यापकमा नियुक्ती गरेको हो ।

विद्यालयका निर्बतमान प्रअ एक्काबहादुर गुुरुङको गत बैशाख १५ गते कार्य अवधि सकिएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताए ।

नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गराएका थिए ।सो अवसरमा प्रअ भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताईन् ।

पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक गुरुङलाई राम्रो कार्य गरे बापत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गरेका थिए । नवनियुक्त प्रअ भट्टराईले अंग्रेजी विषयमा एफएम फिल उत्तिर्ण गरेकी छन् भने विद्यावारिधीको समेत अध्ययन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो