झापामा तय एमाले केन्द्रीय कमिटीको बैठकस्थल परिवर्तन

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ । यसअघि झापामा बस्ने तय भनिएको बैठक अन्तिम समयमा काठमाडौंमा सारिएको हो ।

वैशाख २८(३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले बजेट अधिवेशनसमेत सुरू भएकाले नेता तथा सांसदहरू संसदीय काममा केन्द्रित हुनुपर्ने हुँदा बैठकस्थल सारिएको बताए ।

तीन दिनसम्म चल्ने बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने जनाइएको छ । केन्द्रीय समितिको बैठकको एजेण्डा अनुमोदनका लागि २६ गते सचिवालय बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले