देवघाटमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २४

श्री जगतगुरु रामानुज धर्मशाला कर्मबराह गणेश नारायणी शालिग्राम मन्दिरको आयोजनामा शनिबारदेखी देवघाटधाममा श्रीमद् भागवत माहापुरा सप्ताह ज्ञानमहायज्ञ शनिबारबाट सुरू भएको छ । महायज्ञको शुभारम्भको अघि धर्मशालाबाट बेणी संगमसम्म बाजागाजा सहित कलश यात्रा गरी सुरू गरियो ।

कलश यात्रा लगत्तै धर्मशालामा भजन कृतन गरेर महायज्ञ सुरू गरिएको रामानुज धर्मशालाका संरक्षक गोपाल रिजाल (शालिग्राम बाबा) ले बताए । रिजालका अनुसार महायज्ञमा पिठाधिस रामानुजा आचार्य भारद्वाजले कथा वाचन गर्नेछन् ।

महायज्ञ आफ्ना पितृहरूको आत्माको कल्याण होस्, मच्छे हुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिजालले बताए । महायज्ञमा हरिहर आश्रम, गलेश्वर आश्रम, महेश सन्याश आश्रम लगायत देवघाटका विभिन्न आश्रमका पिठाधिसहरू र छिमेकी जिल्ला चितवन र नवलपुरमा रहेका आश्रमका पिठाधिस लगायतको उपस्थिती रहेको छ । बैशाख ३० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले