आवुँखैरेनीको शैक्षिक सुधारको लागि दिल्लीका नमुना शैक्षिक प्रतिष्ठानको भ्रमण

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

आवुँखैरेनी गाउँपालिकाले शैक्षिक सुधारकोलागि भारतको राजधानी नयाँ दिल्लीका विभिन्न शैक्षिक प्रतिष्ठानको भ्रमण गरेको छ । सेल फर हयुमन भ्यालु एण्ड ट्रान्सफरमेशन लर्निङ्ग (सेक्रेट) दिल्लीको निमन्त्रणामा आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले बैशाख २२ गतेदेखि २६ गतेसम्म दिल्लीको नमुना विद्यालय र शैक्षिक प्रतिष्ठानहरुको अवलोकन भ्रमण गरेका थिए ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा १९ जनाको भ्रमण टोलीले भारतको नयाँदिल्ली स्थित केही नमुना विद्यालयहरुको भ्रमण गरेको थियो । सामुदायिक विद्यालयको शिक्षा सुधारकोलागि नयाँ दिल्लीमा मुख्यमन्त्री केजरीवालको सरकारले अभ्यास गरेका विभिन्न मोडलहरु नजिकबाट अवलोकन गर्ने अवसर मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । नयाँ दिल्ली सरकारले शिक्षा क्षेत्रमा गरेको अभ्यासले निकै प्रभावित र भ्रमण उपलव्धिमूलक बनेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

विद्यार्थीलाइ विद्यालय स्तरको अध्यन पुरा गरेपछि उद्यमी बनाउन उद्यमशिलता सिकाइ कक्षा, हरेक संकायमा प्रयोग शाला प्रयोगात्मक सिकाइ, जिवन के हो ? मानव जिवनमा आईपर्ने दुःख र सुखको क्षणलाई कसरी व्यवस्थापन गर्ने भन्ने ह्याप्पीनेस पाठ्यक्रमबाट पाठ्यसामग्री प्रयोग गरि शिक्षण सिकाइ अभ्यासले भ्रमणमा रहेको सिङ्गो टिमलाइ नै प्रभावित बनाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

उक्त क्षेत्रमा देखेका सीपलाई यहाँको शैक्षिक सुधार कार्यक्रममा लागू गरेर अघि बढ्न थप प्रोत्साहन मिलेको अध्यक्ष चुमानले बताए । भ्रमणको क्रममा विद्यालय रुपान्तरण अभियान र स्कूल अफ एक्सलेन्ट सेक्टर–२३, रोहिनी तथा स्कूल एक्सेलेन्ट सेक्टर–८, रोहिनीका प्रिन्सिपल तथा शिक्षकसँग अन्तरक्रियाबाट धेरै बिषयका ज्ञान लिने अवसर मिलेको चुमानले बताए ।

यस भ्रमणबाट सिकेका भौतिक, आर्थिक, शिक्षण सिकाई प्रयोगात्मक शिक्षण लगायतको बिषयलाई हालको अवस्थाको शिक्षामा रुपान्तरण गर्नका लागि गाउँपालिकाल नयाँ अभ्यासको सुरु गर्ने लक्ष्य लिएको चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको