पोखरा, बैशाख २८
शान्तिकोलागि नागरिक समाजको सन्जाल पोखराले सबै खाले भ्रष्टाचार र बेथितीको अन्त्य गर्न माग गरेको छ । सन्जालले विहिबार विज्ञप्ति प्रकाशित गरि नेपाली नागरिकहरुलाई गैरनागरिक बनाउँदै नक्कली भूटानी शरणार्थी खडा गरि उनीहरुलाई तेस्रो मुलूक पठाउने काण्डमा भएको ठगी धन्दा प्रति पोखरेली नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्य घृणीत, पाशविक र राष्ट विहिन नागरिक खडा गर्ने प्रपन्चमा राजनैतिक दलहरुका नेता, कर्मचारी तन्त्रबाट भएको कार्य प्रति सन्जालले आपत्ती प्रकट गरेको छ । २०६२÷०६३ को आन्दोलन पश्चत मुलुकले नयाँ गति र दिशावोध लिने छ भन्ने आशा र अपेक्षाका साथ नागरिक आन्दोलन सफल भै मुलूक नयाँ युगमा प्रवेश गरेको जनाउँदै विज्ञप्तिमा लगतै शुशासन, दिगो विकास र राजनैतिक व्यवस्थाको सवलीकरणको आशा आम नागरिकमा रहेको सन्जालले जनाएको छ ।



२०६२÷०६३ अगाडी घटित धमिजा काण्ड, चेज एअर काण्ड, इतिहासका ठूला काण्ड थिए र २०६४ साल पछि घटेको सुडान घोटाला, आयल निगमको जग्गा खरिद काण्ड, ३३ किलो सुन काण्ड, ल्अभिि काण्ड र सनम हत्या प्रकरण, ललिता निवास काण्ड, यति होल्डीस, ओम्नी काण्ड, नक्कली भ्याट विल, वाइज वडी काण्ड, एयरपोट घोटला, गतवर्ष भएको बजेट निमार्णमा सिसि क्यामेराको फुटेज गायव गरिएको नितिगत भष्ट्राचार विगत विर्साउने ठूला काण्डहरु भएको भन्दै सन्जालले यी र यस्ता प्रकृतिका काण्डमा प्रत्यक्ष रुपले व्यक्ति÷संस्था देखिने भएतापनि अदृश्य रुपमा राजनैतिक दल पर्दा पछाडीका पात्र भएको जनाईएको छ ।


दल र दलका कार्यकर्ताहरुका सिफारीसमा संस्थालाई कमजोर बनाउने नियतबाट भ्रष्टाचारका ठूला मुद्धाहरु समाजमा स्थापित हुँदै आएको भन्दै शुशासनको नारा दिने तर व्यवहारमा पाइलै पिच्छे भ्रष्टाचार गर्ने दल र तिनका कार्यकर्ता हरुले नेपाली समाजमा भ्रष्टीकरण गर्ने गराउने प्रकृयामा तल्लीन भएको सत्य स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । यसै अवस्थामा २०७६ सालबाट नक्कली भुटानी शरणार्थी प्रकृयालाई ठगी गर्ने प्रकृयाको रुपमा कथित आयोग गठन गर्ने, दलाल र भ्रष्ट व्यक्तिहरुको योजनामा प्रयोजनहीन व्यक्तिहरु सम्मिलित आयोग गठन गरि नेपाली नागरिकहरुबाट लाखौं रकम असुल गरि ठगी धन्दा संचालन गर्ने, उक्त कार्यलाई सहयोग गर्ने शिर्ष नेताहरु यस काण्डका ठूला मतियार हुन् भन्ने कुरा हाल सम्म प्रकाशित तथ्य तथ्यांकबाट पुष्टि हुने सन्जालले जनाएको छ ।
२०४६ साल पछि बनेको जनार्दन मल्लीक आयोगले सिफारीस गरेका व्यक्तिहरुलाई कार्यवाही नहुनु, २०६२÷०६३ को आन्दोलन पछि बनेको कृष्णजंग रायमाझिको अध्यक्षतामा बनेको आयोगले सिफारीस गरेका दोषिहरुलाई कार्यवाही नहुनुको परिणाम अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण समाजमा बढि रहेको भन्दै विगत देखीका विविध काण्ड र हाल देखिएको नक्कली भूटानी शरणार्थी ठगी काण्डका पात्रहरुका सम्वन्धमा प्रहरीबाट भैरहेको अनुसन्धानलाई स्वागत गर्दै उक्त अनुसन्धान प्रति एक्यवद्धता जाहेर गरिएको छ ।
साथै अनुसन्धानकर्ताहरुलाई विना दलीय हस्तक्षेपको प्रत्याभूतीको माग गर्दै यस ठगी घटनामा संलग्न सवैलाई कडा भन्दा कडा कारर्वाहीको लागि सन्जालका संयोजक विना सिलवाल, पुर्व संयोजक विष्णुप्रसाद बराल, गैसस महासंघ गन्डकीका अध्यक्ष गोपाल खड्का, कास्की जिल्ला अदालत बार एसोसियसनका अध्यक्ष नारयणप्रसाद शर्मा, सयपत्री समाज पोखराका गिरीधारी सुवेदी, मानव अधिकार संरक्षण मन्चका कमल प्रसाद अर्याल, इन्सेक गन्डकीका संयोजक शिव प्रसाद खकुरेल, महिला मानवअधिकार रक्षक सन्जाल कास्कीकी अध्यक्ष केशु भुजेल र शिविन नेपाल गन्डकीका संयोजक शंकर नोपलीले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।












