दमौली अस्पतालको डायलासिस मेसिन सन्चालनमा

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

दमौली अस्पलतामा रहेको मृगौला उपचार केन्द्रमा रहेको हेमोडायलाईसिस सेवा अन्तर्गत केही समय अघि बिग्रिएको डायलासिस मेसिन पुनः सन्चालनमा ल्याईएको छ । उक्त मृगौला उपचार केन्द्रमा रहेका आठ वटा मेसिन मध्ये पाँच वटा मेसिन बिग्रिएको थियो । मर्मतपछि अव आठ वटै मेसिन सन्चालनमा आएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले बताए ।

२०७२ मंसिर देखि राष्ट्रिय मिर्गौला उपचार केन्द्रले दमौली अस्पतालमा डायलासिस सेवा सन्चालनमा ल्याएको थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २०७९ भाद्र १६ गतेको निर्णयानुसार केन्द्रीय अस्पताल÷प्रदेश अस्पताल र सम्बन्धित सबै तहका स्वास्थ्य संस्थाहरूले तीन महिना भित्र आफैले सन्चालन गर्नु पर्ने निर्णयानुसार दमौली अस्पतालले कार्तिकको अन्तिम हप्तादेखि आफैंले डायलासिस सेवा सन्चालन गर्दै आएको थियो ।

तर उक्त मेसिन पटक–पटक बिग्रेको र प्रदेश सरकारसँग दक्ष प्राबिधिक पठाइ बनाइदिन अनुरोध गरिएपनि उक्त समस्या समाधान नभएको अध्यक्ष थापाले बताए । मेसिन बिग्रेर डायलासिस गर्न नपाएपछि बिरामीहरु उपचार केन्द्रमा ताला लगाउने धम्की दिएका थिए । उक्त समस्या समाधान गर्नको लागि प्राविधिक पठाइ मेसिन बनाईदिन रास्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा.ऋषिकुमार काफ्लेलाई सोमबार दिउँसो अनुरोध गरेकोमा काफ्लेले मंगलबार प्राविधि पठाए बिग्रेको मेसिन बनाउन सहयोग गरेको अध्यक्ष थापाले बताए ।

प्राविधिकले मर्मत गरेपछि मंगलबारबाट ८ वटै मेसिन सन्चालनमा आएको अध्यक्ष थापाले बताए । अध्यक्ष थाापले मेसिन मर्मत गर्न सहयोग गर्ने मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले तथा उपनिर्देशक तोयानाथ दवाडी र प्राविधिकहरुलाई धन्ययाद दिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र