क्यान्सर पीडित सम्झनालाई उपचार सहयोग जुट्दै

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

पाठेघरको क्यान्सरबाट पिडित म्याग्दे गाँउपालिका वडा नम्बर ५, (हाल व्यास ५), पतेनीटारमा बस्ने ३८ बर्षीया सम्झना श्रेष्ठको उपचारको लागी विभिन्न संघ संस्थावाट सहयोग जुट्न सुरु भएको छ । सम्झनाको पाठेघरको क्यान्सर देखिएपछि उपचारका लागी सहयोग जुटाउन थालिएको हो ।

क्यान्सर देखिएपछि विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको सम्झनाको आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुदाँ सवैलाई परिवारको जीवनरक्षाका लागी सहयोग गरिदिनुहुन निज सम्झनाको पती चन्द्रकुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

सम्झनाका उपचारका लागी विभिन्न संघसंस्थावाट सहयोग जुट्न शुरु भएको छ । जसमा मलेशिलामा रहनुहुने महेन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र तुल वहादुर गरन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ भने श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थावाट ३३ हजार ९० रुपैया, मानुङ्ग गुठीवाट २० हजार ६ सय ५५, पतेनीटार नेवा समाजवाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थावाट ४१ हजार पन्ध्र रुपैया आर्थिक सहयोग पिडित सम्झनालाई हस्तान्तरण गरिएको छ ।

यसैगरि सम्झनाको उपचारका लागी मिलनगुठीवाट ३२ हजार, पाङलादी आमा समुह व्यास ५ वाट ५ हजार र उदय माध्यामिक विद्यालयवाट १० हजार ७ सय पन्ध्र रुपैया आर्थिक सहयोग यसअघि नै जुटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्