करको दर वृद्धि नगरी साविकमै राख्न तनहुँका व्यवसायीको माग

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

तनहुँका व्यववसायीहरुले दरको दर बृद्धि नगरी साविकमै राख्न सरकारसँग माग गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघका कार्यसमिति, सल्लाहकार, संघ अन्तर्गतका सम्पूर्ण बजार इकाई समिति र महिला उद्यमी विकास समितिका पदाधिकारी एवं तनहुँ उद्योग वाणिज्य संघमा आवद्ध भएका वस्तुगत संघका अध्यक्ष÷प्रतिनिधिहरूको शुक्रबार आयोजित विशेष संयुक्त बैठकले करको दरमा तत्काल बृद्धि नगर्न सरकारसँग माग गरेको हो ।

संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा स्थानीय निकायले लिने व्यवसाय कर संकलन सम्बन्धमा, हालको विषम परिस्थितिमा बैकिङ्ग उच्च ब्याजदर तथा वित्तीय समस्या सम्बन्धमा छलफल गरी निर्णय गरेको थियो । विभिन्न आयकर तथा नीति सम्बन्धमा, होटल व्यवसायीहरूका लागि साँझको समयमा निर्धारण गरिएको समय तथा पृथ्वीराजमार्ग विस्तारका क्रममा उड्ने धुँवा धुलोले व्यवसायीहरूलाई पर्न गएको अप्ठेरो अवस्थाको बारेमा बैठकमा छलफल गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

बैठकले विभिन्न पालिकाहरूले लिईदै आएको व्यवसाय कर सम्बन्धि व्यवसायीको वस्तुगत मूल्याङकन वर्गिकरण र व्यवसायको आधारमा जिल्ला भरिनै एकरूपता कायम गर्न पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै करको दर वृद्धि नभई तिर्दै आएको रकम नै कायम गरि सोही अनुसार गरिदिनुहुन अनुरोध गर्ने निर्णयको साथै संकलन भएका कूल रकमको २० प्रतिशत संघलाई उपलब्ध गराई उक्त रकम बजार इकाई अन्तर्गतका उद्योग, व्यापार, पर्यटन, प्रवद्र्धन र सामाजिक विकासका खर्च गर्ने निर्णय गरेको छ ।

पछिल्लो समयमा बैंकबाट प्रवाह भएको नयाँ तथा पुरानो कर्जाहरूमा ब्याजदर उच्च रहेकोले अव आयन्दा सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम थप गरि ब्याजदर कायम गर्नका लागि सम्पूर्ण वित्तीय संस्थाहरूलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

साथै नीजि क्षेत्र माथि परेको विद्यमान आर्थिक संकट र असहज परिस्थितिका बीच बैंकले आफ्नो फाईदा मात्र उठाउने नभई व्यवहारिक र मानवीय हिसाबले पनि नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारको रूपमा आफूलाई उभ्याउदै उद्योगी, व्यवसायीको सर्वस्व हुने गरि धितो लिलामी मात्र विकल्पको रूपमा नहेरी आर्थिक संकटबाट बाहिर निस्कनका लागि भाका नाघेका ऋणमा म्याद थप कर्जा नवीकरण धितो आंशिक फुकुवा आदि जस्ता सहयोगी नीति अख्तियार गरि नीजि क्षेत्र र बैंक दुवै पक्षलाई सहज हुने स्थिति सृजना गर्न ध्यानाकर्षण गर्दै कुनैपनि जिल्लाका बैंकहरूले उद्योगी, व्यवसायीहरूका धितो बन्दगी, लिलामी गर्ने कार्यमा सहभागी नभई उक्त प्रक्रियामा सरिक नहुने घोषणा गरि व्यवसायिक एकता र साझा हितमा आफूलाई अडिक गर्नै साथै हालको विषम परिस्थितिमा बैंकिङ्ग समस्या आम उद्यागी, व्यवसायीहरूको समस्याको रूपमा रहेको हुँदा सरोकारवाला निकायहरूलाई सोही अनुरूप ध्यानाकर्षण गर्नका लागि संघको तर्फबाट अनुरोध गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ को महामारीपछि आंशिक रूपमा चलायमान हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बैंकहरूमा देखिएको तरलता अभावका कारण ऋण प्रवाहमा गरिएको संकुचन तथा कर्जा अशुलीमा गरिएको कडाईका कारण व्यवसायी तहस–नहस हुने संघारमा पुगेको अवस्था भएकोले यस्तो विषम परिस्थितिमा अग्रसरता लिई उद्योगी, व्यवसायीको धितो लिलाम तत्कालै गर्नै गराउने कार्यलाई रोकी चालु पुँजी कर्जा निर्देशिकालाई खारेजी गर्नका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

त्यसैगरि आयकर तथा बैंकिङ्ग नीति सम्बन्धि उद्योगी, व्यवसायीहरूको समसामहिक समस्याहरू उपर छलफल गरि समस्या समाधान निष्कर्षका लागि वृहत भेलाको आयोजना गर्ने निर्णय गरिएको जनाईएको छ । बैठकले होटल व्यवसायीहरूलाई समय निर्धारण गरिएकोमा त्यस तर्फ व्यवसायको प्रकृति हेरी समय थप गरि लचकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय तनहँुलाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।

त्यसैगरि अहिलेको व्यवसायीक संकटको अवस्थामा पृथ्वी राजमार्गमा विस्तारका क्रममा उड्ने धुँवा धुलोले व्यवसायीहरूलाई पर्न गएको थप अप्ठ्यारोमा परेकोले त्यसलाई व्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत सम्बन्धित कम्पनीलाई अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री