एक्साभेटर दुर्घटनामा सहचालकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

शनिबार बेलुकी आबुखैरेनी गाउँपालिका–५ रसौली भन्ने स्थानमा एक्साभेटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आबुखैरेनी गाउँपालिका–२ मार्किचोकबाट चितवनको भरतपुरको लागि २२० केभीको हाइटेन्सनको टावर निर्माण गर्नको लागी उक्त स्थानसम्म जान कच्ची सडक बनाउदै गरेको अवस्थामा ग ३ क ३९७४ नम्बरको स्काईभेटर सोही स्थानबाट अन्दाजी १५ सय मिटर तल खोचमा खसेर दुर्घटना हुँदा उक्त स्काभेटरको सहचालकको मृत्यु भएको छ ।

मृतयु हुनेमा सल्यान जिल्ला स्थायी घर भएका २५ बर्षिय खेमराज चलाउने रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र स्काभेटर चालक चितवन जिल्ला घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेको निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता