अबैध लागू औषध गाँजा सहित पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

अबैध लागु औषध गाँजा सहित शनिबार बिहान एक जना पक्राउ परेका छन् ।

शनिबार बिहान आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्बी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना.४ख.६३५६ नम्बरको यात्रु वाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा यात्रारत जिल्ला धादिङ, निलकण्ठ नगरपालिका–७ सुनौला बजार बस्ने २२ बर्षिय कृष्णबहादुर खड्का लागु औषध गाँजा सहित पक्राउ परेका हुन् ।

खड्काले निलो झोला भित्र लुकाई राखेको अवस्थाको ६ केजी अवैध लागु औषध गाँजा फेला परेको हुँदा उक्त लागु औषध सहित खड्कालाई नियन्त्रणमा लिई आईतबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागु औषध गाँजा मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता